दमक/झापाको दमक वडा नं. ७ ले शुक्रबार बृहत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविर शनिबार पनि चल्नेछ ।

शुक्रबार विहान नगर प्रमुख रोमनाथ ओलीले स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडाध्यक्ष भीम पौड्यालका अनुसार मेची आँखा अस्पताल, लाइफलाइन अस्पताल र दमक अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिबिरको आयोजना भएको हो ।

स्वास्थ्य शिबिरबाट शुक्रबारमात्र ७ सयभन्दा बढिले सुविधा लिएको जनाईएको छ ।

वाल रोग, हाडजोर्नी, स्त्री रोग,जनरल फिजिसियन, छाला रोग, आँखा रोग, दन्त रोग लगायतको विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर भएको पनि पौड्यालले जनाए ।

रेडक्रस भवनमा भईरहेको स्वास्थ्य शिबिरमा निशुल्क रुपमा भिडियो एक्स रे, एक्स रे, ल्याव परिक्षण, औषधि वितरण, चश्मा वितरण निशुल्क रहेको वडा सदस्य श्याम कार्कीले बताए ।

स्वास्थ्य शिविर उद्घाटनमा दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिना, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन दमक स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले गरेका थिए ।