दमक/नगरपालिका ववडा नं. ७ ले शुक्रबार दमक रेडक्रसको हलमा रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, युवा नेता बिक्रम सुब्बा लगायतले रक्तदान गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

४१ जनाले रक्तदान गरेको बताईएको छ ।

नगरपालिका प्रमुख ओलीले यसभन्दा अगाडि २४ पटक रक्तदान गरिसकेको र यो २५ औ पटक भएको बताइएको छ ।

दमकमा पछिल्लो समयमा रक्तदान गर्नेहरुको सख्या बढेको र दिनहुजसो रक्तदान कार्यक्रम हुँदै आएको दमक रेडक्रस रक्तसञ्चारका प्रमुख सिद्धार्थ दाहालले बताए ।