काठमाण्डु, २६ माघ – शनिबार (आज) पनि काठमाण्डु उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षात भइरहेको छ । काठमाण्डुमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ । काठमाण्डुको चन्द्रागिरिमा आज पनि हिउँ परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्नेछ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाण्डुसहित आज मध्य र पूर्वी भागमा झरी पर्ने सम्भावना छ ।
बासीले भनिन्, ‘पानी लगातार नपरेर रोकिँदै पर्दै गर्ने देखिन्छ । जस्तै, काठमाण्डुमा केहीबेर रोकियो तर फेरि पर्न थालेको छ ।’ आइतबारदेखि मात्र मौसम सुध्रने मौसमविद्ले बताएका छन्।










