रबिन्द्र यादव / २६ माघ /नवलपरासी पश्चिम पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका वडा नम्बर २ कुडियाँ स्थित ठुलाे नहरकाे छेउमा रहेका साईफ्नकाे रेलिङ्गमा ठाेकिदा दुईजनाकाे मृत्यु भऐकाे प्रहरीले जनाऐकाे छ ।

मृत्यु हुनेमा प्रतापपुर गाउँ पालिका ९ प्रतापपुर बस्ने २७ वर्षिय पदम नारायण चाैधरि र साेहि ठाउँ बस्ने इशवर चाैधरि रहेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ईलाका प्रहरी कार्यालय बेलाटारीले दिएकाे जानकारी अनुसार गएराति पानी परिराखेकाे बेला महलवारी वाट प्रतापपुर तर्फ जाँदै गरेकाे लु २७ प ४१६९ नम्बरकाे माेटरसाईकल साईफनकाे रेलिङ्गमा ठाेकिदाँ साे दुर्घटना भएकाे प्रहरीले जनाऐकाे छ ।

दुर्घटनामा परि एक जनाकाे रेलिङ्ग वाट तल पानिमा खस्दा मृत्यु भऐकाे हाे भनी अार्का एकजनाकाे उपचारका लागि पृथ्वी चन्द स्पताल परासी लैजादाँ वाटाेमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतकका शवकाे मुचलका उठाई पाेष्ट मार्टमका लागि पृथ्वी चन्द स्पताल परासी पठाईएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाऐकाे छ ।