भैरहवा– नेपाल-भारत सीमा नाकाको २३औं आधिकारिक चेक प्वाइन्टमा अहिले दिउँसोको समय छ। हरेक दिन करिब एक लाख मानिस यो सीमा नाकाबाट आवतजावत गर्छन्। यी दुई देशलाई सीमा स्तम्भले छुट्याएको छ।

कोही पैदल वारपार गरिरहेका छन्। कोही ट्रक, बाइक त कोही रिक्सामा सीमा पार गरिरहेका छन्।

धुलो, प्रदूषण, भिड, कोलाहाल अनि विभिन्न सवारीसाधनका टड्कारो आवाज पनि उत्तिकै सुनिन्छ। चर्को हर्नका बावजुद अभिभावक अर्थात् उद्धारकर्ताहरु यतै बसिरहेका छन्। यी अभिभावक महिला, जो आफै मानव बेचबिखन जस्तो डरलाग्दो भुमरीबाट निस्किएका छन्। उनीहरु यही भिडमा आँखा डुलाइरहेका छन्, सम्भावित पीडित र दलालहरुको खोजीमा।

आजको ड्युटीका खटिएकी छिन् पेमा। हामीले कुरा गरिरहँदा उनका आँखा भिडमै एकटकले हेर्न तल्लीन थिए। उनी त्यो खचाखाच भिडभाडमा चेक प्वाइन्टतिर लम्किरहेका मानिसमा नजर लगाइरहेकी थिइन्।

उनी त्यसरी सतर्क हुन सही पनि छ। दुई देशबीच १७५० किलोमिटर खुला र अवैध सीमा नाका छ। यो दलालहरुको सपना हो तर रोक्न कोसिस गर्नेहरुको लागि झन् डरलाग्दो सपना। यसो हुँदा यो सीमा मानव बेचबिखन हुने संसारमै सबैभन्दा व्यस्त रुट बनेको छ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालले २०१६ मा प्रकाशन गरेको वार्षिक प्रतिवदेनमा २३ हजारभन्दा बढी महिला र युवतीहरु मानव बेचबिखनको सिकार बन्न पुग्छन् भन्ने देखाइएको छ। तर, यस क्षेत्रमा कार्यरत विभिन्न गैरसकारी संस्थाका अनुसार नेपाली पीडित युवतीको संख्या ४० हजारसम्म पुगेको छ। भारतीय सशस्त्र सीमा सुरक्षा बलले पछिल्लो वर्ष गरेको अध्ययन अनुसार बेचबिखनका केसहरु सन् २०१३ यता ५ सय प्रतिशतले बढेको देखिन्छ।

‘मलाई सम्भावित पीडित व्यक्ति खुट्याउन आउँछ, किनकि उनी ११ वर्षको हुँदा आफैं पनि यही सीमा नाकाबाट पार भएर मानव बेचबिखनको सिकार भएकी थिइन,’ पेमा भन्छिन्, ‘नेपालको उत्तरी विकट गाउँमा जन्मिएकी उनलाई अभिभावकका साथीले त्यहाँबाट लगेका थिए। उनलाई बेहोस बनाइयो र भारतको वेश्यालयमा बेचियो।’

वर्षौंसम्म उनी यातना र बलात्कारको सिकार भइन्, जबसम्म उनलाई माइती नेपालले वेश्यालयमा छापा मारेर उद्धार गरेन।

माइती नेपाल महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संस्था हो।

पेमा माइती नेपालको संरक्षणमा बसिन्। उनी यो संस्थाका लागि काम गरिरहेकी ३९औं ‘ट्राफिकिङ सर्भाइर्स’ हुन्, जो बोर्डर उद्धारकर्ताको रुपमा खटिइरहेकी हुन्छिन्। उनको समूहले सीमा नाका प्रहरीको सहकार्यमा यी दुई देशबीचको चेक प्वाइन्टमा रहेका ९ वटा स्थानमा रहेर काम गर्ने गरेको छ।

एक जना मानिस रातो छालाको ज्याकेट लगाएकी महिलाको हात समात्दै सीमा नाका पार गरिरहेका छन्। उनले अग्लो हिल लगाएकी छन्, त्यसैले ठेस लागेर लरबराइरहेकीले राम्ररी हिँड्न सकेकी छैनन्। उनी निकै स्टाइलिस देखिन्छिन्।

‘एउटा कुरा के भने दलालहरुले महिलालाई नयाँ लुगा किन्दिछन्, विश्वास जित्नका लागि,’ यति भन्दै पेमा उनीहरुको नजिक जान्छिन् र आइडी कार्ड माग्छिन्।

युवतीसँग कार्ड थिएन। त्यो मानिसले आफू व्यापारी भएको र ती युवती प्रेमिका रहेको बताउँछ। उनीहरुलाई एकातिर लगिन्छ। त्यसपछि पेमा र सीमा नाका प्रहरीले उनीहरुलाई प्रश्न सोध्न थाल्छन्।

त्यो मान्छेको झुट पत्ता लागिहाल्छ। त्यो दलाल केटीको प्रेमी हुन्छ। फेसबुकमार्फत ती कलिली युवतीसँग जोडिएको उसले परिवारलाई फकाएर घर छोड्न मनाएको हुन्छ।

‘उसको रेकर्ड हामीसँग छ,’ पेमा भन्छिन्।

ती युवतीलाई उसले देशबाहिर वेश्यालयमा बेच्नका लागि लगिरहेको थियो। हरेक दिन यस्तो भइरहन्छ।

जब ती युवतीले दलालको सत्य थाहा पाउँछिन्, डाँको छोडेर रुन थाल्छिन्।

उनलाई माइती नेपालको एक ट्रान्जिट होममा लगिन्छ। परिवार सम्पर्कमा नआइन्जेल उनलाई आवासगृहमै राखेर सहयोग गरिन्छ।

‘उनको प्रेमी दलाल हो र जसले बेच्न मात्र लग्दैनथ्यो भन्ने विश्वास दिलाउन हामीलाई निकै गाह्रो पर्छ,’ उद्धारकर्तामध्येकी एक सिर्ता भन्छिन्, ‘मलाई पनि त्यसरी नै पत्याउन मुस्किल भएको थियो। मेरो प्रेमीले मेरो एउटा मिर्गौला बेच्यो, त्यसपछि मलाई बेच्यो। म आजसम्म बाँच्नुको कारण मलाई उद्धार गरियो।’

हामी त्यसपछि ट्रान्जिट होमतिर लाग्यौं, जहाँ अर्की महिला भेटिइन् पूर्णिमा। उनी रुँदै थिइन्, जसलाई एक उद्धारकर्ताले सीमा नाका पार गर्नबाट रोकेर उद्धार गरेका थिए।

‘मेरी छोरी ६ वर्षको हुँदा म विधवा भएँ। मेरा सासू-ससुराले मलाई नराम्रो व्यवहार गरेकैले घर छोड्नुपर्‍यो,’ उनले भनिन्, ‘मलाई एक महिला साथीले भारतमा काम लगाइदिने कुरा बताई। उसले ‘ऊ’सित जाँदा धेरै पैसा कमाउन सकिन्छ भनी। मैले उसलाई विश्वास गरेँ र अहिले सीमा नाकामा रोकिएँ। मलाई यी महिलाहरुले नै बचाएका रहेछन्।’

सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गयो। भूकम्पले धेरै ठाउँ तहसनहस पार्‍यो। ‘त्यसपछि धेरै संख्यामा महिला तथा किशोरीहरुलाई भारतमा राम्रो जिन्दगी बिताउन पाइन्छ भनेर झुक्याइ लगेको पाइन्छ,’ माइती नेपालकी संस्थापक अनुराधा कोइराला भन्छिन्, ‘जुन ठाउँमा बेचबिखन पहिलादेखि नै ठूलो समस्या रहेको थियो।’

भूकम्प गएको वर्ष नै ४ हजार महिला तथा युवतीहरुलाई उद्धारकर्ताहरुले भारत र नेपालको सीमा नाका पार गर्नबाट रोकेका थिए।

‘यी ठाउँहरुमा अशिक्षा र गरिबी छ। यदि कोही आफन्तले जागिर लगाइदिने प्रलोभन देखाए भने के केही पनि नसोची धेरैजसो अभिभावक आफैले उनीहरुसँग जान उक्साउँछन्,’ कोइराला भन्छिन्, ‘यो मानव तस्करहरुको लागि उत्तम प्रजनन भूमि हो।’

बाहिर पेमा अरु उद्धारकर्तासँग गफ गर्दैछिन्, हाँस्दैछिन्।

उनी खुसी छिन्। किनकि महिला तथा युवतीहरुलाई दुःखी तथा दासत्व जीवन जिउनबाट रोक्नमा उनले आफ्नो जीवन व्यतित गरिरहेकी छन्।

‘सीमा नाकाका सेल्टरमा जो महिलाहरु छन्, उनीहरु गहिरो शोकबाट गुज्रिएर आएका हुन्,’ कोइरालाले भनिन्, ‘जसले भारतबाट त्यस्तो भोगेर आएका छन्।’

‘उनीहरुको मुस्कान त एक मकुन्डो मात्र हो। पेमाले सबथोक गुमाइन् तर पनि उनी तपाईंहरुसित हाँस्न सक्छिन्। उनको मुटुभरि पीडा छ,’ उनी भन्छिन्, ‘जुन घाउ यी महिलाले पाएका छन्, कहिले हराएर जानेछैन। हामी यस्तै अरुलाई भएको देख्न चाहँदैनौं। हामीले केही गर्नुपर्छ र तत्कालै।’

(‘द गार्जियन’मा प्रकाशित ओफेलिया डे पाब्लो र जेभियर जुरिताको रिपोर्ट। भावानुवाद : बुनु थारु/नेपाललाइभबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah