विराटनगर– विराटनगरमा टिप्परको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । आइतवार बिहानै बिराटनगरको बरगाछिमामा टिप्परले साइकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।

कन्चनबारीबाट बरगाछितर्फ आउँदै गरेका साइकल यात्रीलाई तिनपौनीबाट बरगाछि कन्चनवारीतर्फ जाँदे गरेको को१ख ७०९२ नम्बरको टिप्परले ठक्कर दिएको हो । टिप्परले ठक्कर दिए लगत्तै साइकल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
लोकान्तर बाट