उत्तम रिजाल,झापा। झापाको कमल गाउँपालिका १ स्थित बाँसबारी माविमा सरस्वती पुजाको अबसर पारेर आज सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । मन्दिर गाउँपालिकाकी प्रमूख मेनुका काफ्लेले उद्घाटन गरेकी हुन् । स्थानिय समाज सेवी खड्ग बहादुर ढुंगानाले करिब चार लाख लागतमा सो मन्दिर निर्माण गरेको विद्यालयका प्रधानाध्यापक केशर बहादुर श्रेष्ठले जानकारी दिए । ढुंगानाले आफ्ना ५ छोरा र ४ छोरी अध्ययन गरेको विद्यालय भएकाले आफ्ना सन्तानले विद्या आर्जन गरेको विद्यालयमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गर्ने बताउँदै आएका थिए । मन्दिरमा वहाँले गणेशको पनि मुर्ति राखिदिनु भएको र आज मुर्ति पुजासँगै विद्यार्थीहरुमा खुसी छाएको प्रअ श्रेष्ठले बताए । कार्यक्रममा विशिष्ट अतिथि पुर्व विद्यार्थी तथा सेनाका अबकास प्राप्त उपरथी हरि बहादुर बस्नेत, समाजसेवी भुपाल कट्वाल लगायतको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा गौरादह नगरपालिका १ निवासी समाजसेवी कट्वालले विद्यालयका प्रअ केशर बहादुर श्रेष्ठलाई १ लाख एक हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए । उनले आफ्ना बुबा कर्ण बहादुर र आमा शुष्मा कुमारीका नाममा अक्षय कोष स्थापनाका लागि सो रकम उपलब्ध गराएको प्रअ श्रेष्ठले जानकारी दिए ।
२०७५ माघ २७










