काठमाडौं । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले ‘भ्यालेनटाइन डे’ को अवसर पारेर आइफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।

रिचार्जरले ‘भ्यालेनटाइन डे’ को अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आइफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि भने कम्पनीले केहि शर्त तोकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार आइफोन एक्सको ‘लक्की ड्र’ मा सहभागी हुनका लागि ‘गुगल प्ले’ वा एप्पलको एप स्टोरबाट रिर्चाजरको एप डाउनलोड गरेर खाता खोल्नुपर्ने हुन्छ ।

त्यसपछि रिर्चाजरको फेसबुक पेज लाईक गर्नुपर्नेछ । यसका साथै कम्तिमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्नेछ ।

१५ जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एप रिफरल ट्याग गर्नेहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई आइफोन एक्स वितरण गरिनेछ । यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात फागुन ७ गते फेसबुक लाइफमार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए ।

साथै रिर्चाजरले आफ्नो ईकमर्श सेवा विस्तार गर्नेक्रममा झण्डै आधादर्जन बढी नयाँ फिचर समेत थप गरेको जनाएको छ । अब रिर्चाजर एपमार्फत नै पानी, बिजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ ।

साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवा समेत थप गरिएको छ । अधिकांस भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यास ब्याक समेत उपलब्ध गराइने सरचार्जरले जनाएको छ ।

‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंक्सन अनलाइन सपिङ हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा २० भन्दा बढी बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।

नेपालमा चलन चल्तीमा रहेका एक हजार बढी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ ।