काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका चार अध्यक्षलाई बालुवाटार बोलाएका छन् ।
मधेशी मोर्चालाई पनि चुनावमा लिएर जाने वातावरण बनाउनको लागि अहोरात्र खटिरहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले स्थानीय तह पुनर्संरचना र निर्वाचनबारे सहमति खोज्न साँझ ७ बैठक बोलाएका छन् ।
मधेसी मोर्चाका तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र राय यादवलाई बैठकमा बोलाइएको छ ।
संविधान संशोधन विधेयक परिमार्जनसहिद पास हुनुपर्ने बताउँदै आएको मधेसी मोर्चामा सात दल आवद्ध छन् ।



