उर्लाबारी / संघीय सांसद प्रतिनिधि सभा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले साझा सूचीको १५ वटा कानुन बाहेक अन्य कानुन बनाउन स्थानीय तह लाई संवैधानिक अधिकार रहेले चाडो भन्दा चाडो कानुन निर्माण गरि गाउँ गाउँ मा सिंहदरबार आएको अनुभुत गराउन जनप्रतिनिधि लाई आग्रह गर्नु भएको छ । सोमबार लेटाङ नगरपालिका द्वारा आयोतित अन्तरसम्वाद कार्यक्रम लाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले सो आग्रह गर्नु भएको हो। कार्यक्रममा तुम्बाहाम्फेले स्थानीय तह आफ्नो पालिकामा तथ्यांक संकलन ,मालपोत उठाउन र संघ ,प्रदेश र स्थानीय तह का साझा शुचि बाहेकका सम्पुर्ण कार्यगर्न अधिकार प्राप्त रहेकाले आवश्यक कानुन निर्माण गरि गाउँ गाउँ मा सिंहदरबार आएको अनुभुती जनता लाई गराउन आग्रह गर्नु भएको हो ।
उहाँले संविधान संग बाझिएको हक का कानुन संशोधन र बनाउन पर्ने कानुन निर्माण का लागि संसद को तेस्रो अधिवेशन केन्द्रित रहेको ले फागुन २० सम्ममा प्रक्रिया पुरा हुने समेत जानकारी दिनु भएको छ । कार्यक्रम मा संघीय संसद घनश्याम खतिवडा ,प्रदेश संसद उपेन्द्र घिमिरे लगाएतले भनाइ हरु राख्नु भएको थियो । नगरपालिका का प्रमुख शंखर राई को अध्यक्षतामा भएको कार्यक्रम मा उप-प्रमुख कृष्ण कुमारी निरौला लगाएतले बोल्नु बोल्नु भएको थियो ।










