झापा । गृहमन्त्री रामबहादुर थापा (बादल) फागुन १ गते झापाको बिर्तामोड आउन लागेका छन् । २०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्ध दिवस मनाउन गहृमन्त्री थापा झापा आउन लागेका हुन् ।

नेकपाको पार्टी कार्यालय बिर्तामोडमा आयोजित कार्यक्रममा भाग लिन उनी आउन लागेको पार्टी स्रोतले जनाएको छ । गृहमन्त्री बनेपछि थापा पहिलो पटक झापा आउन लागेको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड