काठमाडौं । सरकारी सेवामा रहेका वा नरहेका कर्मचारीले सरकारको आलोचना गर्न नपाउने भएका छन् । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

विधेयकमा निजामती कर्मचारीले राजनीतिक दल वा सङ्गठनको सदस्यता नलिन, राजनीतिक क्रियालापमा संलग्न नहुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुने व्यवस्था गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड