सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका १ मा सडक दुर्घटनामा परी ६ जना घाइते भएका छन् । सोमबार राती सवा ११ बजे सडकमा रोकिएको को १ त ६१२६ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बा १७ च। १४२ नम्बरको कार पछाडीबाट छिरेको थियो ।

दुर्घटनामा कारमा सवार काठमाण्डौ जोरपाटी बस्ने बर्ष ६५ को पिताम्वर खतिवडा, उनको श्रीमती बर्ष ५९ कि मीना खतिवडा , कार चालक उनका छोरा बर्ष ४० को निर्मल खतिवडा, बुहारी बर्ष ३० की सृजना खतिवडा, नाती बर्ष १० को निश्चल खतिवडा र १६ महिनाको नाती निर्भार खतिवडा घाइते भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।