धनगढी- कैलालीको जिल्ला अदालत परिसरबाटै फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी आज पक्राउ गरेको छ।

सोही जिल्ला लम्की बस्ने दिल्प दमाईलाई गाेली प्रहार गरी कैलालीकाे बेलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जबरजस्ती करणी मुद्दाका आरोपी उनलाई म्याद थपका लागि मंगलबार जिल्ला अदालत ल्याइएको बेला त्यहीँबाटै भागेका थिए।

यसअघि उनी इलाका प्रहरी कार्यालय लम्कीको थुनामा थिए।