काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका नाममा सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्री ओलीले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका हुन् ।

मुख्यसचिव लोकदर्शन रेग्मीका अनुसार बिहीबार अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनकाक्रममा प्रधानमन्त्री ओलीले एक वर्षमा सरकारले गरेका कामबारे जानकारी गराउने बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले सरकारले अगाडी सारेको ुसमृद्ध नेपाल सुःखी नेपालीुको नारामा टेकेर सरकारले गरेका महत्वपुर्ण कामका बारेमा देश र जनतालाई जानकारी दिने भएका छन् । जनबोली बाट