वेलवारी, १ फागुन । मोरङ एन प्याव्सनले स्पोर्टस् मिटको आयोजन गर्ने भएको छ । एनप्याब्सन मोरङले बुधवार बेलवारीको लक्ष्मीमार्गमा पत्रकार सम्मेलनको आयोजना गरि दोस्रो एनप्याब्सन स्पोर्टस् फागुन २ गतेदेखि हुने जनाएको छ ।

प्याब्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीले सधै विराटनगर भइरहेको एनप्याब्सन स्पोर्टस् यसपाली विराटनगरमा हुने महिला साफ फुटबलका कारण मैदान अभावले मोरङको उत्तरी भेग लक्ष्मीमार्गको लक्ष्मी खेल मैदानमा हुने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्पोर्टस् मिटमा मोरङमा एनप्याब्सन सँग आवद्द निजी स्कूलबाट करिव २ हजार विद्यार्थी खेलाडीहरुको प्रत्यक्ष सहभागि रहने खेल संयोजक दिपेन्द्र खुलालले जानकारी दिनुभयो ।

प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट, कवर्डी तथा भलिवलको खेलहरु समावेश गरिएको एनप्याब्सन मोरङले जनाएको छ ।