काठमाण्डु, ८ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका शीर्ष नेताबीच आइतबार साँझ बालुवाटारमा भएको छलफल पनि निस्कर्षमा पुगेन । प्रधानमन्त्रीले परिवर्तनका एजेण्डाको रक्षा र संविधान कार्यान्वयनका लागि जसरी पनि निर्वाचन घोषणा गर्नुको विकल्प नरहेको अडान राखे । मधेसी मोर्चाका नेताले निर्वाचन घोषणा भएको केही घण्टामै आन्दोलनमा जाने चेतावनी दिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले निर्वाचनका लागि मोर्चा सकारात्मक भए जसरी पनि संविधान संशोधन गराउने प्रतिबद्धता जनाएका थिए । तर, प्रधानमन्त्रीको प्रतिबद्धतामा मोर्चा नेताले विश्वास गरेनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्रधानमन्त्रीले जसरी पनि निर्वाचन घोषणा गर्ने अड्डी कस्नुभयो’, बैठकपछि मोर्चा घटक सदभावना अध्यक्ष राजेन्द्र महतोले काठमाण्डुटुडेसँग भने, ‘हामीले आन्दोलनमा जाने जानकारी गरायौं ।’

महतोले प्रधानमन्त्री वा सत्तापक्षले जस्तो व्यवहार गर्छ आफूहरु पनि त्यस्तै व्यवहार गर्ने बताए । ‘हामीले अन्तिममा प्रधानमन्त्रीलाई तपाईंबाट जस्तो व्यवहार हुन्छ ।

हाम्रो पनि त्यही हुन्छ भनेर बालुवाटारबाट हिंड्यौं’, उनले भने ।  छलफल साँझ साढे सात बजेदेखि साढे नौ बजेसम्म चलेको थियो । छलफलमा मोर्चाका नेताहरु महतोसहित उपेन्द्र यादव, महन्थ ठाकुर थिए ।