काठमाडौ । स्वस्थानी मातामा अधिकांश हिन्दुको अमिट विश्वास छ । स्वस्थानी माताको भक्तिमा पुस अन्तिमदेखि माघ महिना भरी र फागुनको अन्तिम सम्म कठोर ब्रत बसिन्छ । उनै माताको पुरानो मन्दिर कहाँ होला सबैको चासोको बिषय हो । उक्त कुरा खुल्न आएको छ । राजधानीको तानाबहालमा करिब चार सय वर्ष पुरानो स्वस्थानी माताको मन्दिर छ । यसैलाई अहिलेसम्मको पुरानो मन्दिर मानिएको छ ।

स्वस्थानी भन्नेबित्तिकै हामी सबैलाई साँखुको शाली नदीको सम्झना आउँछ। धेरै व्रतालुहरू यो महिनाभरि शाली नदी गएर स्वस्थानी पूजा–आराधना गर्छन्। किनकी यो कुरा धेरैलाई थाहा नै छैन । स्वस्थानी माताको सबैभन्दा पुरानो मन्दिर यही हो भन्ने ।

धेरैलाई शाली नदीकै मन्दिर पुरानो हो भन्ने लाग्न सक्छ। कतिले त अर्को ठाउँमा पनि स्वस्थानी मन्दिर छ र भन्ने प्रश्न गर्छन्। स्वस्थानीको अहिलेसम्म भेटिएको सबभन्दा पुरानो मन्दिर वसन्तपुर दरबार क्षेत्रस्थित तानाबहालमा छ, जुन करिब चार सय वर्ष पुरानो हो। तपाईं इन्द्रचोकबाट आकाशभैरवलाई दाहिने पारेर मखनतिर जाँदा जब सुरज आर्केड नाघेर वसन्तपुर दरबार क्षेत्र प्रवेश गर्नुहुन्छ, त्यहीँ देब्रेपट्टि जुद्ध सडक निस्कने सानो गल्ली छ।

मरमसलाका थुप्रै पसलहरू भएको त्यो गल्लीको सुरूमै तानाबहाल देख्नुहुनेछ। बहालको मूलढोकाभित्र छिर्नेबित्तिकै सिमेन्टले बनेका तीनवटा खोपामा तीनवटा भगवानका मूर्ति लश्करै छन् । देब्रेतिर मच्छेनारायण, दाहिनेतिर लक्ष्मीनारायण र बीचमा स्वस्थानी। दायाँ हातमा खड्ग र बायाँ हातमा ढाल लिएर बसेकी स्वस्थानी यहाँ भगवान शिवका साथमा छिन्, जसले दायाँ हातमा अक्षयमाला र बायाँ हातमा त्रिशुलयुक्त ध्वजा बोकेका छन्। स्वस्थानीको अहिलेसम्म भेटिएको पुरानो मूर्ति नै यही दावी गरिएको छ ।

यो मूर्ति सन् १६७४ सालमा राजा प्रताप मल्लको समयमा प्रतिस्थापन गरिएको शिलालेखमा उल्लेख छ। मध्य काठमाडौंमै यति पुरानो स्वस्थानी मन्दिरबारे धेरैलाई ज्ञान नभएरै होला, यहाँ गत वर्षसम्म पनि स्वस्थानी व्रतकथा वाचन हुँदैनथ्यो।

यस वर्षबाट भने हिन्दु एकता परिषद्को सक्रियतामा हरेक दिन दिउँसो ३ बजेबाट स्वस्थानी व्रतकथा वाचन गरिन थालेको छ। सुरूका दिनमा चार–पाँच जना मात्र श्रोता हुन्थे। अहिले दिनहुँ २५–३० जनासम्म आउने गरेको तानादेवी संरक्षण समितिका सदस्य दुर्गाप्रसाद श्रेष्ठ बताउँछन्। यसको प्रचार–प्रसार भने जरुरी देखिन्छ । माता स्वस्थानीको यो अलौकिक मुर्ति सेयर गरेर लाभ लिनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah