मोरङ । मोरङको उर्लावारीमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोरङको उर्लावारी नगरपालिका ८ मेरी टोल जाने भित्री सडक खण्डमा आमबारीबाट दुर्गापुरी तर्फ आउँदै गरेको मे १ त ३८३१ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ट्याक्टरका सहचालक झापा शिवसताक्षी नगरपालिका बस्ने १४ बर्षीय रसिकलाल हस्ताको घटनास्थलर्मै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी अर्का सहचालक उर्लाबारी नगरपालिका ८ बस्ने १७ बर्षीय मोहन मुर्मु घाईते भएका छन् ।
घाइते मुर्मुको उर्लावारी स्थित मंगलवारे अस्पतालमा उपचारको भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । यता ट्याक्टका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










