काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिहीबार देशबासीलाई सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्न लाग्नु भएको हो ।

देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम अपराह्न ४ बजे निर्धारण गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उहाँको सचिवालयले जनाएको छ । ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक ओली ०७२ असोज २४ गते प्रधानमन्त्री बन्नु भएको थियो ।