काठमाडौं, फागुन २ । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको बढुवा सिफारिससँगै सरुवा तथा पदस्थापना प्रक्रिया सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले ८ वटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख परिवर्तन गरेको छ । जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा हुनेमा छ जना एसपी र दुईजना डीएसपी रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय झापामा दिनेश मैनाली, सर्लाहीमा गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेशकुमार सिंह, रौतहटमा भुपेन्द्र खत्री, कञ्चनपुरमा दिनेश आचार्य र बागलुङमा कृष्णहरी शर्मा सरुवा भएका छन् ।

त्यस्तै, म्याग्दीमा डिएसपी मुकुन्द मरासिनी र दार्चुलामा डिएसपी भेषराज रिजाल सरुवा भएका छन् । ती जिल्लाका प्रहरी प्रमुख बढुवाका लागि सिफारिस भएसँगै उहाँहरूको सरुवा गरिएको हो । ४ दिनअघि १४ जना एसपीलाई एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) र २६ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको थियो । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा विनोद शर्मा सरुवा भएका छन् ।

यसैबीच, एक नम्बर गणमा दीपकराज खरेल, पथलैया ट्राफिकमा योगबहादुर पाल, दंगा नियन्त्रण गण हेटौंडामा धुवराज राउत, पहरा गणमा कुबेर कडायत, महानगरीय अपराध महाशाखामा केदार ढकाल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी सरुवा भएका छन् । गोरखापत्रबाट