बुटवल – ५ नम्बर प्रदेश सरकारले फागुन ३ गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रवार सार्वजनिक बिदा हुने जानकारी दिएका छन् ।











