फागुन २, २०७५
काठमाडौं – प्रहरीले कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद गरेको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ३३ किलो सुनपछिको ठूलो परिमाण हो ।
पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्तीमा गाडेर राखिएको अवस्थामा उक्त परिमाणमा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए ।
सुनसँगै प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन ।
टोलीमा तिमिल्सिनाका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदीप गिरी, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौंका डीएसपी रुगम कुँवर लगायत थिए ।लोकान्तर










