प्रेम विवाह सम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीबाट रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा खोक्सर प्रवाह–१ बस्ने ३० वर्षीय ललितादेवी साह रहेको प्रहरीले जनाएको छ । सप्तरीको बेल्ही चपेना–४ बस्ने दीपेन्द्र मण्डलसँग शम्भुनाथ नगरपालिका–१० बस्ने रञ्जिताकुमारी मण्डलको एक वर्षअगाडि प्रेम विवाह गर्ने सहमति भएको थियो ।
सो विवाहमा रञ्जिताको माइतीपक्षबाट दीपेन्द्र मण्डललाई पढाई खर्चबापत रु पाँच लाख दिएको थियो र पछि दीपेन्द्रका घरपरिवारले दीपेन्द्रलाई अन्त विवाह गरी दिएपछि रकम फिर्ताको माग गर्दै रञ्जिताले राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएकी थिइन् । सोही पैसाको विषयमा मुद्दा मिलाइदिन्छ् भनी पटकपटक झुटा आश्वासन देखाई रञ्जिताकुमारी मण्डलसँग रु ३४ हजार पाँच सय ठगी गर्ने ललितालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।रकम ठगी गर्ने महिला पक्राउ
सवाल नेपालसंवाददातासोमबार, ७ फागुन २०७३

रकम ठगी गर्ने महिला पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



