काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशबासीका नाममा सम्वोधन गरेका छन्। देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले एक वर्षको अवधिमा गरेको कामको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले जनताले झण्डै दुई तिहाइको बहुमत दिएको दललाई सत्ता हस्तान्तरण गर्न झण्डै तीन महिला लगाएको आरोप लगाए। सरकारले एक वर्षमा गरेको काम आगामी चार वर्षको आधार भएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूले सरकारको नेतृत्व सम्हाल्दा कानुनी र संवैधानिक रुपमा शून्यताको अवस्था रहेको तर अहिले संघीयता कार्यान्वयनमा गएको,स्थानीय तहमा शक्ति हस्तान्तरण गरिएको बताए। प्रधानमन्त्रीले सरकार लाेकतन्त्रप्रति प्रतिवद्ध रहेकाे र एक वर्षकाे अवधिमा लगानीकाे वातावरण बनाएकाे बताए।