काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनलाई 'चार ठेकी मोही, तीन थोपा घिउ' भन्दै कटाक्ष गरेका छन् ।
परिणाम थोरै निस्केको तर कामको फेहरिस्त धेरै भएको आशयका साथ प्रवक्ता शर्माले ट्वीट गर्दै सरकारप्रति कटाक्ष गरेका हुन् ।
सरकार निर्माण र संचालनको एक वर्ष पुगेको अवसरमा बिहीबार प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरेका थिए । सम्बोधनको अधिकांश समय प्रतिपक्षी कांग्रेस र सरकारको आलोचकका विरुद्ध खनिएका ओलीले देश समृद्ध बन्दै गएको र कोही कसैलाई मन नपरेको टिप्पणी गरेका थिए ।











