काठमाडौं, ९ फागुन । राजनीतिक दलहरूले धुँवाधार प्रचार गरेर विभिन्न खाले अभियान घोषणा गर्छन् ।

तर, पूर्वराजा ज्ञानेन्द्र शाहले बिना कुनै घोषणा एउटा अनौठो अभियान थालेका छन् । उनको अभियानको नाम हो– तराई दर्शन । साँघु साप्ताहिकले समाचार छापेको छ ।

उनले २०७३ फागुन ५ गतेबाट यो अभियान थालिसकेका छन् । अभियानका क्रममा उनी पूर्वी तराईका विभिन्न जिल्ला भ्रमण गरिरहेका छन् ।

काठमाडौंमा सत्ता, चुनाव रोक्ने र संविधान संशोधनको घातक खेल चलिरहेको बेला पूर्वराजाको यो भ्रमणको उद्देश्य तराईका जिताको नाडी छाम्ने र मन जित्ने रहेका छ । अनौठो त के छ भने अभियानको क्रममा उनको सबै जिल्ला भ्रमण मोटरबाट हुनेछ ।

सीके राउतको गिरफ्तारी र मधेस आन्दोलनको तयारीको बेलामा ज्ञानेन्द्र शाहले तराई अभियान थालेका छन् ।

पूर्वराजालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा वैवाहिक समारोहमा स्वागत गर्नु, समारोहमा प्रधानसेनापतिले छाती फुलाएर सलाम ठोक्नु, एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूले मध्य तराईको भ्रमण समाप्त गरेलगत्तै ज्ञानेन्द्र शाह पनि तराई जानु पछाडि विशेष अर्थ रहेको विश्लेषण गरिँदैछ ।

विश्लेषकहरूका अनुसार, एमाले पथमै पूर्वराजा समेत देखा पर्न खोजेका छन् । यसबाट ‘राष्ट्रवादी शक्तिहरू! एकजुट हुने संकेत मिलेको कतिपयको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah