दाङ – प्रदेशसभा स्थापनाको वर्ष दिन पुगेको अवसरमा प्रदेश ५ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिनुभएको छ ।
स्थापना दिवसको पूर्वसन्ध्यामा बिहिबार राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम आयोजनासमेत गरेको थियो ।










