दमक/सामसुङले आफ्नो नयाँ मोडलको मोबाइल फोन सामसुङ ग्लालेक्सी एम १० नेपाली बजारमा विक्री शुरु गरेको सार्वजनिक गरे लगत्तै झापाको दमकमा पनि यसको औपचारिक रुपमा बिक्री शुरु गरेको जनाईएको छ ।

सस्तो मूल्यमा एडभान्स फिचरसहितको नयाँ मोडल नेपाली बजारमा विक्री शुरु गरेको दिनदेखि नै दमकमा पनि यो उपलब्ध भएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका लागि आधिकारिक विक्रेता न्यू झापा ट्रेड कन्र्सन दमक ८ का प्रोपाइट भेनस श्रेष्ठले बताए । यसको मुल्य १३ हजार ७९० मारहेको बताईएको छ ।

नयाँ मोडलको सामसुङ्ग ग्यालेक्सी एम् टेनमा सस्तो मूल्यमै एड्भान्स फिचरहरु रहेको छ भने यो फोन १६३ ग्राम तौलको रहेको मोवाईलको कम्पन्नीका प्रतिनिधि निरज सिटौलाले बताए ।

१४०० एमएएच ब्याट्री तथा १६ जिबी रोम र २ जिबी र्याम रहेको यो फोनमा ८।१ को अल्ट्रा वाइड डियुल क्यामेरा उपल्बध छ भने साथमा एक्स्ट्रा आकर्षकको रुपमा यो सेटमा ५ मेगासपिक्सेल रिएर क्यामेरा र ५ मेगापिक्सेल क्यामेरा उपल्बध छ ।

जेष्ठ नागरिकलाइ निशुल्क मर्मत

यसैबीच न्यू झापा ट्रेड कन्र्सनले जुनसुकै मोवाइल पनि जेष्ठ नागरिकका लागि निशुल्क मर्मत गर्ने घोषणा गरेको छ ।

सबै प्रकारका मोवाइल मर्मतका लागि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको र यसमा जेष्ठ नागरिकलाइ निशुल्क रुपमा यो सेवा प्रदान गरिने प्रोपाइटर श्रेष्ठले बताए ।