९ फागुन । सरकारले स्थानीय निर्वाचनको मिति घोषणाको तयारी थालेपछि विरोध स्वरुप संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको गृहकार्य गरेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा सोमबार दिउँसो दुई बजे बस्ने बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा भए त्यसका विरुद्ध आन्दोलन गर्ने निर्णय हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘संविधान संशोधन विधेयक पािरत नहुँदासम्म निर्वाचनको मिति घोषणा नहोस् भन्ने चाहेका छौँ’, उनले भने, ‘यदि सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने हामी पनि आन्दोलन घोषणा गर्छौं ।’

मधेसी मोर्चाले सशक्त सडक आन्दोलनको गर्ने जनाएको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले मधेसी मोर्चा निर्वाचनको पक्षमा नरहेको भन्दै सरकार गठनका बेला भएको तीन बुँदे सहमति पहिला कार्यान्वयन हुनुपर्ने बताए ।

‘पूर्वसहमतिअनुसार संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नुपर्छ’, उनले भने, ‘त्यसपछि मधेसी मोर्चा पनि निर्वाचनमा जान तयार छ ।’