बझाङ, फागुन ३ । बझाङ सदरमुकाम चैनपुरमा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । जिल्लाको छबिस पाथीभेरा गाँउपालिका घर भएर सदरमुकाम चैनपुर नजिकै सिमखेतमा वस्दै आएका जनक मन्डेलका छोरा अढाई वर्षीय सक्षमको नहरमा डुवेर मृत्यु भएको हो ।
शुक्रबार बिहान ११ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी नायव निरिक्षक नैनहादुर सावदले जानकारी दिए । प्रतिकात्मक तस्वीर











