काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यले ठाकुर गैरेले सामाजिक सञ्जालमा आक्रोश पोख्नु भएको छ । ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका पाठकलाई लक्षित गर्दै उहाँले घुसको पर्दाफास भएपछि राजीनामा दिएर जोगिने प्रवृत्ति गलत भएको बताउनु भएको हो ।
उच्च पदस्थ व्यक्तित्वहरुबाट पदीय मर्यादाको दुरुपयोग हुने र नीतिगत भ्रष्टाचारमा संलग्न भएपछि राजीनामा बुझाएर मुद्धालाई ढिसमिस पार्ने प्रपञ्च राम्रो नभएको उहाँको भनाइ छ । उहाँले लेख्नुभएको छ, ‘घुस खाने, अनि घुस काण्ड सार्वजनिक भएमा राजीनामा गर्ने, राजीनामाको पर्दामा सम्पुर्ण अपराध ढिसमिस हुने, लौन यस्तो कहिले सम्मा ??’
७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि पाठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो ।










