काठमाडौं, फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड फागुन ७ गते धनगढी जाने कार्यक्रम तय भएको छ ।

८ गते नेकपाको धनगढीमा हुने कार्यकर्ता भेला र अन्य विभिन्न कार्यक्रमका लागि पार्टीका अध्यक्षद्वय धनगढी जाने कार्यक्रम तय भएको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

७ गते प्रधानमन्त्रीले २ वटा सरकारी कार्यक्रममा सहभागिता जनाउने तयारी छ भने ८ गते विहान ९ बजे सुदूरपश्चिम प्रदेश सभामा सम्बोधनको कार्यक्रम रहेको अध्यक्ष थापाले बताए।

प्रधानमन्त्री ओलीले फागुन ७ गते सहजपुर–विपिनगर–दिपायल कालोपत्रे सडक शिलान्यास गर्ने कार्यक्रम छ । ८ गते नै धनगढीमा हुने भेलालाई दुवै अध्यक्षले सम्बोधन गर्ने उनले बताए।