उर्लाबारी, ४ फागुन मोरङको बुढीगंगा गाउँपालिका वडा नं। २ मा त्रिपाल मुनी कष्टकर जीवन यापन गर्दै श्रवण र लक्ष्मी मण्डलको परिवारलाई न्यानो अभियान नेपाल उर्लाबारीले सहयोग गरेको छ ।
अनलाइनखबरमा थोत्रो त्रिपालमुनि श्रवण–लक्ष्मीको प्रेम बारे समाचार प्रकाशित भएपछि न्यानो अभियान नेपालले शनिबार खाद्यान्य र कम्बल वितरण गरेको हो । न्यानो अभियान नेपालका उपाध्यक्ष सरोज बस्नेत, सल्लाहकार पूर्ण वाइबा, घनश्याम भण्डारी, प्रभू राई र सदस्य विजय धिमाल ती दम्पति बस्दै आएको बुढीगंगा गाउँपालिका वडा नं। २ मा पर्ने सुनसरी मोरङ सिचाई आयोजना नहरमा पुगेर दुई थान कम्मल, झुल, चामल, भुजा, साबुनलगायत वितरण गरेको छ । नहरको डिलमा कष्टकर जीवन विताउनु भएको उल्लेख गर्दै श्रवणले भने–‘ओत लाग्ने घर भईदिएहुन्थ्यो ।’ श्रवणकी पति लक्ष्मीको निधारमा ट्युमर फैलिरहेको छ । उनको एकापट्टीको आँखा ट्युमरकै कारण थोपिसकेको छ । श्रवणले विगतलाई सम्झिँदै भने–‘हावाहुरी वा पानी प¥यो भने त विजोग छ सर ।’










