वीरगञ्ज, ४ फागुन – गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन वीरगंज पुगेका कांग्रेसका महामन्त्रीसहित तीन जना नेताले एउटै माला पहिरिएका छन् ।

महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय सुजाता कोइराला र शेखर कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो । फोटो प्रदर्शनी, कार्यालय उद्घाटन र विचार गोष्ठी उद्घाटन कार्यक्रममा तीनै नेतालाई एउटै माला पहिर्‍याइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोइराला परिवार राजनीतिमा तीन तिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला पहिर्‍याइदिएका हुन् । केही समयअघि गृह जिल्ला विराटनगरमा पनि शुभेच्छुकहरुले कोइराला परिवारलाई एउटै माला लगाइदिएका थिए ।