आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन ५ गते,आइतबार, इश्वी सन् २०१९ फेब्रुवरी १७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– त्रयोदशी, २६:३२ बजेउप्रान्त चतुर्दशी, नक्षत्र– पुनर्वशु, १४:१३ बजेउप्रान्त तिष्य,योग– आयुष्मान्, १८:१३ बजेउप्रान्त सौभाग्य,करण– कौलव, १५:३९ बजेदेखि तैतिल, २६:३२ बजेउप्रान्त गर,आनन्दादिमा ध्वज योग,चन्द्रराशि– मिथुन, ८:३४ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:४२ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान २८ घडी ०३ पला। प्रदोष व्रत। सौभाग्य–शूर्पदान।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन ६ गते,सोमबार,इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– चतुर्दशी, २४:१३ बजेउप्रान्त पूर्णिमा,नक्षत्र– तिष्य, १२:३९ बजेउप्रान्त अश्लेषा,योग– सौभाग्य, १५:०९ बजेउप्रान्त शोभन,करण– गर, १३:२३ बजेदेखि वणिज, २४:१३ बजेउप्रान्त भद्रा,आनन्दादिमा धाता योग, चन्द्रराशि– कर्कट, सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी ०६ पला। श्री पशुपतिनाथको छाया दर्शन। सर्वार्थसिद्धि योग १२:३९ बजेसम्म।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,आजको शुभ अंक १० रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यापारमा भने कम मात्र फाइदा होला, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,काममा मातापिताको सहयोग प्राप्त होला,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रेम र मित्रताको बन्धन कसिने बेला छ,काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,सजिलै काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ, परिवारजनसँग आत्मीयता बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ,काममा साथ दिनेहरू बढ्नेछन्,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ, धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ,नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला,उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्,ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ,रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ,काममा लगानी बढाउन सकिनेछ,पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ,दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,सजग रहनुहोला,लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला,आय आर्जन पनि राम्रै हुनेछ,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,आजको शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ,आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ,आजको शुभ अंक ७ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ,केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला,केही चुनौतीहरू देखिनेछन्,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला,आजको शुभ अंक ११ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,आजको शुभ अंक ४ रहेको छ।
दिब्यज्योतिष बाट साभार



