फागुन ५, २०७५
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले व्याजदरमा हस्तक्षेप गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उद्योगी व्यवसायीका साथै अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर उहाँले यस्तो निर्देशन दिनु भएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीले आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीलाई उद्योगले नाफा कमाउन छोड्दा बैंक पनि चल्न नसक्ने भन्दै सम्बोधन गर्न निर्देशन दिएको व्यवसायीले बताएका छन् ।
यस विषयलाई सम्बोधन गर्न आगामी सोमबार अर्थमन्त्रालयले सरोकारवालाई बोलाएर छलफल गर्ने भएको छ ।










