सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्ने
सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्ने भएको छ ।
कर्मचारी समायोजन सकिएपछि १५ देखि २० हजार नयाँ कर्मचारी भर्ना गर्ने सरकारले जनाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई तयारी अवस्थामा बस्न भनेका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबार गरेको कार्यक्रममा उनले समायोजन प्रक्रिया सकिए लगतै नयाँ कर्मचारी भर्ना शुरु गरिने बताए ।
मन्त्री पण्डितले अब यही महिनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने जानकारी गराए ।










