काठमाडौं । मुगुमा नेपाल प्रहरीका नायव निरीक्षक (सई) बाटै ३० वर्षीया एक दलित महिला बलात्कृत भएकी छन् ।

आफूले सापटी लिएको रकम दिने भनेर बोलाएर चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीले ती महिलालाई शुक्रबार साँझ बलात्कार गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बलात्कारको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले सई शाहीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

छायानाथ रारा नगरपालिका ५ घर भएकी ती दलित महिला सदरमुकाम गमगढीमा श्रीमानसँग बस्दै आएकी थिइन् ।