काठमाण्डु, ५ फागुन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अखिल र क्रान्तिकारीका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरी भोलि (सोमबार) ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने बताएका छन् ।

यस्तै, विज्ञप्तिमा मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने उल्लेख गरिएको छ ।

त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरेपनि कार्यतालिका घोषणा गरेको छैन् ।