काठमाडौं । गायक पशुपति शर्माको विवादित गीत अन्ततः यूटूबमा अपलोड गर्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आग्रह गरेको छ । ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न प्रतिष्ठानले भनेको छ ।

आइतबार बसेको बैठकमा गीतका विषयमा लामो छलफलपछि प्रतिष्ठान यो निर्णयमा पुगको हो । प्रतिष्ठानका उपाध्यक्ष समेत रहनुभएका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित हुनुहुन्थ्यो । बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ । प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुनस्स्मरण गराएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा उपस्थित गायक पशुपति शर्माले यूट्यूबबाट गीत हटाउनुको कारणबारे जानकारी गराउनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीका अनुसार शर्माले एक दुईवटा फोन आएकाले गीत हटाएका थिए । राष्ट्रपतिका बिषयमा यस्तो किन लेखेको भनियो, डराएर हटाएँ ।

जनता समाचार बाट