काठमाडौँ । सात बार सातै दिन एउटा न एउटा ग्रहको प्रभाव रहेको हुन्छ । त्यसकारण बार अनुसार हुने ग्रहको प्रभावलाई विभिन्न उपाय अपनाएर सामान्य बनाउन सकिन्छ । ज्योतिष शास्त्रको अनुसार कुन बार कस्तो उपाय अपनाउने भन्ने बारेमा बताइएको छ ।
आइतबार : आइतबारलाई सूर्यदेवसँग जोडिएको छ । सूर्यदेवलाई प्रसन्न गर्नको लागि सूर्योउदयको समयमा जल अर्पित गर्नुपर्छ । हरेक दिन यसो गर्न नसक्नेहरुको लागि आइतबारको दिन सूर्योदयको समयम जल अर्पण गर्नाले किर्ती बढेर जान्छ ।
सोमवार : सोमबारलाई चन्द्रसँग जोडिएको छ । यदि कोही व्यक्तिको जन्मकुन्डलीमा चन्द्रमा खराब स्थिती जोडिएको छ भने त्यस्तो व्यक्ति बिराम पर्ने देखिएको छ । त्यसकारण यस्तो व्यक्तिले सोमबारको दिन शिवलिङगीमा जल अर्पणपर्ने कुरा उल्लेख गरिएको छ ।
मंगलवार : मंगलबारको दिन मंगल ग्रहको प्रभाव रहेको हुन्छ । यो ग्रहलाई स्वास्थ्यसँग जोडेर हेरिने गरिन्छ । यदि मंगल ग्रह खराब स्थितीमा रहेको छ भने हुमानको आरधना गर्नु राम्रो हुन्छ । यो दिन गरिब व्यक्तिलाई खान दिएमा ग्रहको खराब असर हटेर जान्छ ।
बुधवार : यो बारलाई बुध ग्रहसँग जोडिएको छ । यदि तपाई बुध ग्रहको शुभ असर आफ्नो जन्मकुण्डलीमा भइराखोस भन्ने चाहनुहुन्छ भने गणेश भगवानर्ला लड्डु भोग गर्नुपर्नेछ । यो भन्दा बाहेक बुधबारको दिन बिष्णु भगवानको आरधना गर्दा पनि राम्रो हुन्छ ।
बिहिबार : यो दिलाई वृहस्पतिसँग जोडिएको छ । अशुभ वृहस्पपतिको कारण कुनै पनि काममा सफलता नमिल्ने हुनुको साथै अकालमा मृत्यु समेत हन्छ । त्यसकारण वृहस्पतिको असरलाई कम गर्न पहेंलो वस्तुहरू, पहेंलो फलहरू, पहेंलो कपडा वृहस्पतिलाई अर्पित गर्नुपर्नेछ ।
शुक्रवार : शुक्रबारसँग शुक्र ग्रह नै जोडिएको हुन्छ । यो ग्रहलाई भौतिक सामाग्री र सुख समृद्धिसँग जोडिएको हुन्छ । त्यसकारण यो दिन गरिब विवाहीत महिलााई विवाहीत महिलाले प्रयोग गर्ने सामाग्री उपलब्ध गराउनुपर्ने हुन्छ ।
शनिवार : शनिबारको दिन शनि ग्रहको प्रभाव रहेको हुन्छ । शनि ग्रहको नराम्रो प्रभावले कुनै काम सफल हुन सक्दैनन् । यो ग्रहको असर कम गर्नको लागि शनिबारको दिन शिवलिंगीमा कालो तिल अर्पित गर्नुपर्छ । यो दिन पिपलमा जल अर्पित गर्नुलाई पनि राम्रो मानिन्छ ।



