काठमाडौं । प्रदेशसभा सदस्यद्वय हरिशरण लामिछाने र टेकबहादुर घर्तीको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् । प्रदेश ३ भक्तपुरका लामिछाने र गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका घर्तीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँहरु दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।

त्यसैगरी स्थानीय तहमा यसअघि भएकाे निर्वाचनमा कति पय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले ९ सय ४५ पद रिक्त छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक २ जना प्रदेश सभासदस्यसहित जम्मा ९ सय ४७ पदका लागि उपनिर्वाचन गर्नुपर्ने छ । वडा सदस्यमा निर्वाचित सदस्यमध्ये कतिपय जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि ती पद स्वतः रिक्त भएका छन् ।

अब हुने उपनिर्वाचन छिटोमा अाउँदाे बैशाख अन्त्यसम्म हुने सम्भावना रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । सरकारले भने यस बिषयका बारेमा छलफल भइरहेकाे प्रत्रिकृया दिएकाे छ ।