काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा जारी रहेको छ।

बैठकमा संगठनात्मक एकतालाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेताहरुबीचको विवादका कारण पार्टी एकता भएको ९ महिना बितिसक्दा पनि नेकपाको तल्लो तहमा एकता हुन सकेको छैन ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालसहितका सचिवालयमा रहेका नेताहरुको सहभागिता रहेको छ ।