काठमाडौं, फागुन ६

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल अस्वस्थ्य भएपछि नाइभिजन हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उहालाई नेपाली सेनाको हेलिकप्टरबाट आइतवार राति नै काठमाडौं ल्याइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छातिमा सक्रमण भएपछि धनगढीको एक निजी अस्पतालको आईसीयूमा उपचार गराइरहनु भएको थियो । चिकित्सकले काठमाडौं रिफर गरेपछि उहालाई तत्कालै नाइटभिजनबाट ल्याइएको हो । अहिले उहाको काठमाडौंको महाराजगञ्ज स्थित प्रहरी अस्पताल भईरहेको छ । प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन्।

इम्युनिटी पावर कम भएपछि कमजोर भएको र आज विहान बोल्न समेत थालेको उहाका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिनुभयो ।