काठमाण्डु, ६ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल) ले एकिकरण सम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।

तर, प्रतिवेदन अपुरो रहेको भन्दै कार्यदलका सदस्यहरुसँगै बैठक बसेर एकता प्रक्रिया सम्बन्धमा छलफल गर्ने निर्णय आजको केन्द्रीय सचिवालय बैठकले गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कार्यदलका सदस्यहरुलाई सँगै राखेर आगामी ९ फागुनमा कार्यदलको बैठक हुनेछ’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसपछि एकता सम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।’

फागुन ९ को बैठक बिहान ९ बजेका लागि तय गरिएको छ, सो बैठकमा कार्यदलका ९ जना नै सदस्यहरु आमन्त्रण गरिएका छन् ।