काठमाडौं– सरकारका एक मन्त्रीले गायक पशुपति शर्माको गीत ‘लूट्न सके लूट कान्छा’ नामको गीत रोक्न भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्नेशन नदिएको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभामा सोमवार एक सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पशुपति शर्माको गीत रोकेकोबारे आफूलाई थाहा नभएको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘पशुपति शर्माको गीत प्रधानमन्त्रीले रोम्क्नु भयो भनेर थाहा छैन, त्यो प्रसंगसँग जोडेर प्रश्न नसोध्नुहोला,’ कांग्रेस सांसद लक्ष्मी परियारको प्रश्नको जवाफमा मन्त्री पोखरेलले भने ।

त्यसअघि मन्त्री पोखरेललाई प्रश्न सोध्ने क्रममा सांसद परियारले पशुपति शर्माको गीत प्रतिबन्ध लगाउनजस्तै तदारुकता कुलपतिले संस्कृत विश्वविद्यालयको सभा बोलाउँदा कसो होला ? भनेर प्रश्न गरेकी थिइन् ।

संसदमा शिक्षा मन्त्री पोखरे्लसँग प्रश्नोत्तर भएको थियो ।

लोकान्तर बाट साभार गरिएको