काठमाडौं । सोमबार चलेको प्रतिनिधि सभा बैठकमा 'लुट्न सके लुट कान्छा...' गीतले सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी मच्चायो। गायक पशुपति शर्माको गीतले खडा गरेको हङ्गामा संसदमा पनि उत्रियो। सत्ता र प्रतिपक्षी सांसदबीच गीतको पक्ष र विपक्षमा जुहारी चल्यो।

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले जनबोलीलाई गीतमा उतारेर गाउने कलाकार भन्दै शर्मालाई आफ्नो एक महिनाको तलव दिने घोषणा सुनाए। प्रतिपक्षी सांसदको त्यो झटारो सत्ता पक्षका सांसदलाई चित्त परेन। नेकपाका सांसद झपट रावलले कांग्रेस सांसद अमरेशलाई लुट्न सके लुट गीत संसदमै गाउनुस् म तपाईंलाई मेरो तलब दिन्छु भनिदिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुस् संसदमा सोमबार सत्ता र प्रतिपक्षी सांसदबीच चलेको 'लुट्न सके लुट...' वाला जुहारी

भिडियोः