काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आम नेपालीले प्रजातन्त्रको अनुभुत गर्न नपाएको बताएका छन्। ६८औं प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना दिँदै शाहले देश दौडाहाका क्रममा आफूले नागरिकले प्रजतान्त्रको अनुभुति गर्न नपाएको बताएका हुन्।

पछिल्लो अवस्थामा प्रजातन्त्र भित्र सबै नेपाली अटाउने प्रणाली नभएकोमा उनले दुःख व्यक्त गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हामी र हाम्रा पूर्खाको पुर्ख्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरूप लिन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र नै हो। देश दर्शनको क्रममा हामीले बोध गरे अनुरूप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा छैन।’

उनले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहेको भन्दै चिन्ता गरेका छन्। २००७ साल प्रजातन्त्र आएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन। यस्तो छ शाहले जारी गरेको विज्ञप्ति

नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,

प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं ।

हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै आउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।

आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ । यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हून नहूने र दण्हिनता एवं विधिविहिनताले विकराल स्थितिको सृजना हून नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहूंचमा हूनूपर्दछ भन्ने हाम्रो मान्यता हो ।

त्यसै गरी हाम्रो आफ्नो सनातनीक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद अवस्था देखा परेको छ । त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्दछ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।

नेपालको भु राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्धारा हामीप्रतिको आधारभुत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नू पर्दछ ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् ! जय नेपाल !