काठमाडौं, फागुन ७

सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले मंगलबार पदबाट राजीनामा दिएका छन् । लामो समयदेखी विदामा बसेका जोशीले राजिनामा दिनु भएको हो । न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानन्यायाधिशमा सिफारिस हुनु भएका उहालाई संसदीय सुनुवाई समितिले अस्विकृत गरेपछि वरिष्ठ न्यायाधिशको रुपमा काम गर्नुभएको थियो । तर, पछिल्लो पटक प्रधानन्यायाधिश बन्नु भएका राणाले जोशीलाई इजलास नदिने सार्वजनिक गरेपछि उहा विदामा बस्नु भएको थियो ।